परिवर्तनका लागि युवा देवचुलीको आयोजनमा र जागृति बाल तथा युवा सरोकार नेपाल र प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिको सहआयोजनामा विगत केही समयवाट नेपालमा भैराखेका भुकम्पको धक्काले बालबालिकाहरुमा परेको मनोवैज्ञानिक त्रास न्युनिकरणको लागि आजवाट देवचुली नगरपालिकाका निमावी तहमा विधालयमा आधारीत मनोवैज्ञानिक परमर्शको कक्षा सँचालन गरिएको छ । आज देवचुली नगरपालिकाको देवचुली निम्न माध्यमिक विधालयमा विधार्थीहरुसँग छलफल र मनोवैज्ञानिक परमार्श गरिएको छ । उक्त कार्यक्रममा जागृति वाल तथा युवा सरोकार नेपालका महसचिव दिपक शर्माले विधार्थीहरुलाई भुकम्प भनेको के हो यसको प्रभावहरु के के हुन सक्दछन र यो आउदा सुरक्षित हुनको लागि के के गर्नुपर्छ भन्ने वारेमा सहजिकरण गर्नुभएको थियो । उहाँले यो प्रकृया प्राकृतिक रुपमा हुने भएकाले हामिले यसलाई सामान्य रुपमा लिनु पर्ने र यसवाट सुरक्षित हुने र अरुलाई पनि सुरक्षित रुपमा राख्नको लागि विधार्थीहरुलाई परामर्श दिनुभएको थियो । त्यस्तै प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उपसमितिका उप सँयोजक जमुना खरेलले यस्तो प्राकृतिक विपत्तीहरुले सवैभन्दा प्रभाव साना साना वालवालिकाहरुलाई नै पार्ने भएकाले समेत विशेष रुपमा आफु र आफुभन्दा साना साना भाई वहिनीहरुको पनि ध्यान दिनको लागि समेत अनुरोध गर्नुभएको थियो । उँहाले आवश्यक पर्ने अन्य सामाग्रीहरु समेत यस्तो वेलामा सुरक्षित रुपमा राख्नको लागि समेत अनुरोध गर्नुभएको छ । त्यस्तै परिवर्तनका लागि युवा का अध्यक्ष राजु चापागाईले भुकम्पको आगामनलाई थाहा पाउनको लागि के के गर्न सकिन्छ र कस्तो अवस्थामा हामी सुरक्षित रुपमा रहन सक्दछौ भन्ने कुरामा छलफल गर्नुभएको थियो । कार्यक्रममा २५० भन्दा वढि विधार्थीहरुको सहभागिता रहेको थियो । कुराकानी गर्दा खासै डरको महसुस नभएको वताएपनि उनिहरुमा एक किसिमको भित्री डर भने उनिहरुको अनुहारवाट प्रस्ट देखिन्थ्यो । वालवालिकाहरुमा पर्न सक्ने मनो वैज्ञानिक असर कम गर्नको लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको कुरा परिवर्तनका लागि युवा का अध्यक्ष राजु चापागाईले वताउनुभएको छ । विधार्थीहरुको मनोसामाजिक अवस्था हेरेर कस्तो किसिमको कार्यक्रम हरु अरु ठाँउमा समेत लैजाने कुरामा समेत उहाँले जोड दिनुभएको छ ।




No comments:
Post a Comment