Tuesday, August 9, 2016

रेनुका काे सफलताकाे कथा


लाभान्वीतको नाम तथा जनसाख्यीक विवरण


        नाम                           :       रेनुका थापा मगर
ठेगाना                 :     देवचुली न.पा. १५ ,          प्रगतीनगर
उमेर                   :      १८ वर्ष
शैक्षिक अवस्था     :      एस.एल.सी पास
परिवार संख्या विवरण    :       बुवा आमा,  २ बहिनी २                                          भाई, र आफु सहित ७ जना
वैवाहिक अवस्था           :       अविवाहित
पारीवारिक अवस्था        :       सामान्य, कृषि र वैदेशिक रोजगार बुवा

श्री जन ज्योती नमुना माध्यमिक विद्यालय, दे.न.पा. १५ मा कक्षा १० मा अध्ययनरत १८ वर्षिया रेनुका थापा मगरले हालसालै मात्र एस.एल.सी. बी प्लस ग्रेडमा उत्तिर्ण गरेकी छिन् । रेनुका कक्षा १० मा अध्ययनको समयमा उनको विद्यालयमा पुस्तकालयद्धारा आयोजना गरीएको अन्तरविद्यालय नि.मा.वि. स्तरीय “सिकाईका लागि सामुदायिक पुस्तकालय” वत्तृत्वकला कार्यक्रम पछि यस पुस्तकालयको बारेमा जानकारी पाएको उनी बताउँछिन् । त्यसै समयमा पुस्तकालयबाट आयोजना गरीएको एकल नृत्य प्रतियोगितामा पनि सहभागि भइन् । त्यसपछि शनिबार बिदाको दिन समय मिलाएर उनी पुस्तकालय आउने गर्थिन् । विद्यालयको पुस्तकालय भन्दा भिन्न प्रकृतिको सामुदायिक पुस्तकालय छ भन्दामात्र पुस्तकालयमा गइहाल्न हतार मानेकी उनी यस पुस्तकालयमा आउँदा एकदम आनन्द लागेको उनको अनुभव छ । पुस्तकालयको बाहिरी संरचना भन्दा पुस्तकालयको भित्री संरचना एकदमै राम्रो रमाइलो वातावरण र सुन्दर रहेको उनको कल्पना भन्दा पनि बाहिर रहेको उनी उत्साहपुर्वक सुनाउँछिन् ।




एस.एल.सी. परीक्षाको समयमा यस पुस्तकालय अन्र्तगत युवा नेत्तृत्व उपसमितिले एस.एल.सी. परीक्षा केन्द्रमा सञ्चालन गरेको “एस.एल.सी. दिने विद्यार्थीहरुका लागि सहायता कक्ष” बाट यस पुस्तकालय प्रति झनै प्रभावित भइन् । परीक्षा पछि उनको दैनिक समय पुस्तकालयमा नै बित्न थाल्यो । पुस्तकालयमा आएर उनले सर्वप्रथम पुस्तकालयको पाठक सदस्यता लिइन् । पुस्तकालय भित्रको एउटा सानै भएपनि एक अंश हुन पाउँदा उनलाई गौरवको महसुस हुने उनी बताउँछिन् । यसपछि उनी कम्प्यूटर सम्बन्धी आधारभुत कोर्ष गरीन् । यसै शिलशिलामा पुस्तकालय कक्ष बाट नियमित पुस्तकहरु आदानप्रदान पनि गर्ने गर्छिन् । खासगरी साहित्यिक विधामा रुचि राख्ने उनी लोककथा, चुड्किला, सामान्यज्ञान र उपन्यासका पुस्तकहरु पढ्ने गर्छिन् । घरमा मात्र लगेर उनले एक दर्जन भन्दा बढी पुस्तकहरु पढेकी छिन् भने पुस्तकालयमा पनि कम्तीमा एक घण्टाको समय पुस्तकमा नै डुब्छीन् उनी ।
पुस्तकालयमा युवाहरुद्धारा सञ्चालन भएको जीवनउपयोगी सीप तालिममा सहभागी भई आफ्नो सिकाई बढेको र बोल्ने र सोच्ने शैलीमा समेत धेरै सकरात्मक परीवर्तन भएको उनी बताउँछिन् । यसैगरी यस तालिममा दिइएको रेष्टलेस डेभलपमेन्टको स्पाइलर कपीबाट पनि अन्र्तवार्ताका लागि चाहिने गुणहरु, बायोडाटा बनाउन, किशोरकिशोरी स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि एकदमै उपलब्धिमुलक रहेको उनको भनाई छ । पुस्तकालयमा आउदाँ उनका धेरै नयाँ साथीहरु बनेका छन् जुनकुरा उनलाई अत्यन्तै रमाइलो लाग्छ ।
यसैगरी हरेक महिना युवा नेत्तृत्व उपसमितिद्धारा प्रकाशित हुने युवा आवाज भित्ते पत्रिका प्रकाशनमा पनि उनको सहभागिता रहने गरेको छ । यसको साथै पुस्तकालयका विभिन्न काममा पनि उनले सहयोग गर्ने गरेकी छिन् । जस्तै नयाँ कम्प्यूटर सिक्ने विद्यार्थीहरुलाई सिकाउन मद्दत गर्ने, बाल कक्षमा बालबालिका सँग खेल्दै बालबालिकालाई कक्ष व्यपस्थापन गर्न सहयोग गर्ने गर्छिन् ।

No comments:

Post a Comment