मिति २०७३ कार्तिक ११ गतेका यस प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा CZOP र Child Nepal बाट कृष्ण सुवेदी, दिपक बस्याल, शाश्वत् सापकोटा (Child Nepal) र JCYCN का अध्यक्ष तिलोत्तम पौडेल, महासचिव दिपक शर्मा, जुलीया ब्राजिल (JCYCN Intern) पुस्तकालय को अवलोकलन गरी पुस्तकालय लाई १०० थान पुस्तकहरु प्रदान गर्नु भएको छ ।
सहयोग र सहकार्यका लागि विशेष धन्यवाद !
Pragatinagar Community Library and Resource Center
Tuesday, November 22, 2016
Tuesday, August 9, 2016
रेनुका काे सफलताकाे कथा
लाभान्वीतको नाम तथा जनसाख्यीक विवरण
नाम : रेनुका थापा मगर
ठेगाना : देवचुली न.पा. १५ , प्रगतीनगर
उमेर : १८ वर्ष
शैक्षिक अवस्था : एस.एल.सी पास
परिवार संख्या विवरण : बुवा आमा, २ बहिनी २ भाई, र आफु सहित ७ जना
वैवाहिक अवस्था : अविवाहित
पारीवारिक अवस्था : सामान्य, कृषि र वैदेशिक रोजगार बुवा
श्री जन ज्योती नमुना माध्यमिक विद्यालय, दे.न.पा. १५ मा कक्षा १० मा अध्ययनरत १८ वर्षिया रेनुका थापा मगरले हालसालै मात्र एस.एल.सी. बी प्लस ग्रेडमा उत्तिर्ण गरेकी छिन् । रेनुका कक्षा १० मा अध्ययनको समयमा उनको विद्यालयमा पुस्तकालयद्धारा आयोजना गरीएको अन्तरविद्यालय नि.मा.वि. स्तरीय “सिकाईका लागि सामुदायिक पुस्तकालय” वत्तृत्वकला कार्यक्रम पछि यस पुस्तकालयको बारेमा जानकारी पाएको उनी बताउँछिन् । त्यसै समयमा पुस्तकालयबाट आयोजना गरीएको एकल नृत्य प्रतियोगितामा पनि सहभागि भइन् । त्यसपछि शनिबार बिदाको दिन समय मिलाएर उनी पुस्तकालय आउने गर्थिन् । विद्यालयको पुस्तकालय भन्दा भिन्न प्रकृतिको सामुदायिक पुस्तकालय छ भन्दामात्र पुस्तकालयमा गइहाल्न हतार मानेकी उनी यस पुस्तकालयमा आउँदा एकदम आनन्द लागेको उनको अनुभव छ । पुस्तकालयको बाहिरी संरचना भन्दा पुस्तकालयको भित्री संरचना एकदमै राम्रो रमाइलो वातावरण र सुन्दर रहेको उनको कल्पना भन्दा पनि बाहिर रहेको उनी उत्साहपुर्वक सुनाउँछिन् ।
यसैगरी हरेक महिना युवा नेत्तृत्व उपसमितिद्धारा प्रकाशित हुने युवा आवाज भित्ते पत्रिका प्रकाशनमा पनि उनको सहभागिता रहने गरेको छ । यसको साथै पुस्तकालयका विभिन्न काममा पनि उनले सहयोग गर्ने गरेकी छिन् । जस्तै नयाँ कम्प्यूटर सिक्ने विद्यार्थीहरुलाई सिकाउन मद्दत गर्ने, बाल कक्षमा बालबालिका सँग खेल्दै बालबालिकालाई कक्ष व्यपस्थापन गर्न सहयोग गर्ने गर्छिन् ।
प्रगतिनगर सामुदायिक पुस्तकालयकाे सक्षिप्च चिनारी सहितकाे लेख स्थानिय साप्ताहिक पत्रिका अाभानी पाेष्ट मा प्रकाशित
प्रगतिनगर सामुदायिक पुस्तकालयकाे सक्षिप्च चिनारी सहितकाे
लेख
स्थानिय साप्ताहिक पत्रिका अाभानी पाेष्ट मा प्रकाशित
Saturday, June 11, 2016
पुस्तकालयलाई सहयाेग
देवचुली नगरपालिका का सुचना अधिकृत अाकाश श्रेष्ठद्वारा पुस्तकालयकाे विकासका लागि सहयोग गर्नुहुदैँ....
सहयाेगका लागि पुस्तकालय परिवार अाभारी छ ।
सहयाेगका लागि पुस्तकालय परिवार अाभारी छ ।
Monday, May 23, 2016
जिविकोपार्जन सम्बन्धि वातावरण मैत्री ई–रीक्सा प्रशिक्षण तालिम
मिति २०७२ जेठ १० गते देखि १९ गते सम्म प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र धारापानीको आयोजनामा, रिड नेपालको सहयोग र देवचुली नगरपालिकाको समन्वयमा सञ्चालन हुन गईरहेको जिविकोपार्जन सम्बन्धि वातावरण मैत्री ई–रीक्सा प्रशिक्षण तालिम
अाज पुस्तकालयमा पुस्तकालय का अध्यक्ष खिमानन्द भुषालकाे अध्यक्षता, देवचुली नगरपािलका का कार्यकारी अधिकृत हरि प्रसाद चापागाई काे प्रमुख आथित्यता र वातावरणविद् ध्रुव अाचार्य ज्यूकाे विशेष आतिथ्यतामा तालिमकाे समुद्घाटन भएको छ । तालीममा ७ जना महिला सहभागी सहित ३३ जनाकाे सहभागिता रहेकाे थियाे । यस तालिमकाे प्रमुख उदेश्य महिलाहरुको जिवीकोपार्जनमा सहयोग पु¥याउनु,
महिलाहरुको आत्मबल वृद्धि गरी हरेक क्षेत्रमा सहभागी हुन प्रेरणा दिनु र वातावरण संरक्षणमा सघाउ पु¥याउनु रहेकाे छ ।
अाज पुस्तकालयमा पुस्तकालय का अध्यक्ष खिमानन्द भुषालकाे अध्यक्षता, देवचुली नगरपािलका का कार्यकारी अधिकृत हरि प्रसाद चापागाई काे प्रमुख आथित्यता र वातावरणविद् ध्रुव अाचार्य ज्यूकाे विशेष आतिथ्यतामा तालिमकाे समुद्घाटन भएको छ । तालीममा ७ जना महिला सहभागी सहित ३३ जनाकाे सहभागिता रहेकाे थियाे । यस तालिमकाे प्रमुख उदेश्य महिलाहरुको जिवीकोपार्जनमा सहयोग पु¥याउनु,महिलाहरुको आत्मबल वृद्धि गरी हरेक क्षेत्रमा सहभागी हुन प्रेरणा दिनु र वातावरण संरक्षणमा सघाउ पु¥याउनु रहेकाे छ ।
![]() |
| अटाे रीक्सा रीबन काटेर उद्घाटन गर्दै कार्यकारी अधिकृत |
![]() |
| वातावरण विद् ध्रुव अाचार्यलाई मायाकाे चिनाे वितरण गर्लै अध्यक्ष खिमानन्द भुषााल |
![]() |
| कार्यक्रमकाे बारेमा जानकारी िददैँ अध्यक्ष खिमानन्द भुषााल |
![]() |
| रीक्साकाे बारेमा जानकारी दिदैँ प्रशिक्षक |
![]() |
| देवचुली टिभी बाट तालिमकाे बारेमा जानकारी लिदैँ |
Thursday, May 19, 2016
किशोरकिशोरीहरु काे छलफल कार्यक्रम सम्पन्न
आज प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रमा मलेसियमा रहेका एरो ARROW का लागि आवश्यक पर्ने किशोेरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा युवाहरुको सहभागिता कस्तो रहेको छ भन्न्ने बारेमा फोकल ग्रुप छलफल कार्यक्रम आज ARROW का नेपाल प्रतिनिधी पुण्य भण्डारीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ । यो कार्यक्रम छलफल कार्यक्रम भएकाले १० जना युवाहरु र उपसमितिका जमुना खरेल,पुस्ताकालयका ब्यवस्थापक कला भुषाल र नवलपरासीमा सँयोजन गर्नुभएका जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माको उपस्थिती रहेको थियो । यो छलफलमा किशोरकिशोरीहरुले नेपालमा प्रजनन स्वास्थ्यको बारेमा भएका निति तथा नियमहरुको बारेमा जानकारी कतीको रहेको छ । कसरी युवाहरुले स्थानिय स्तरमा कामहरु गरेका छन र यसको लागि राष्ट्रिय स्तरमा र अब आगामी दिनहरुमा कस्तो कार्यक्रम आवश्यक रहेको छ भन्ने बारेमा छलफल भएको थियो । यो कार्यक्रममा सहभागिता भएका युवाहरुले आफुहरुले कसरी कामहरु गरेका छने र यसको प्रभाव मुल्याँकनको लागि कसरी सँयन्त्रहरु आवश्यक रहेको छ भन्ने बारेमा समेत छलफल गरिएको थियो ।
Wednesday, April 27, 2016
तालिमहरू काे बारेमा छलफल गरियाे
cfh ldlt @)&# ;fn a}zfv
!%ut]sf lbg k|ultgu/ ;fd'bflos k':tsfno tyf ;|f]t s]Gb| s]Gb|df l/8 g]kfn sf
cg'udg d'NofÍg tyf Ifdtf clej[l2 b'u]{z s'df/ of]lu , k':tsfno Joj:yfkg ;ldlt,
o'jf pk;ldlt lar k':tsfnoaf6 ;+rfng x'g] ljleGg tflnd x? ljr 5nkmn ul/of] M–
Subscribe to:
Posts (Atom)











