आज प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रमा मलेसियमा रहेका एरो ARROW का लागि आवश्यक पर्ने किशोेरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा युवाहरुको सहभागिता कस्तो रहेको छ भन्न्ने बारेमा फोकल ग्रुप छलफल कार्यक्रम आज ARROW का नेपाल प्रतिनिधी पुण्य भण्डारीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ । यो कार्यक्रम छलफल कार्यक्रम भएकाले १० जना युवाहरु र उपसमितिका जमुना खरेल,पुस्ताकालयका ब्यवस्थापक कला भुषाल र नवलपरासीमा सँयोजन गर्नुभएका जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माको उपस्थिती रहेको थियो । यो छलफलमा किशोरकिशोरीहरुले नेपालमा प्रजनन स्वास्थ्यको बारेमा भएका निति तथा नियमहरुको बारेमा जानकारी कतीको रहेको छ । कसरी युवाहरुले स्थानिय स्तरमा कामहरु गरेका छन र यसको लागि राष्ट्रिय स्तरमा र अब आगामी दिनहरुमा कस्तो कार्यक्रम आवश्यक रहेको छ भन्ने बारेमा छलफल भएको थियो । यो कार्यक्रममा सहभागिता भएका युवाहरुले आफुहरुले कसरी कामहरु गरेका छने र यसको प्रभाव मुल्याँकनको लागि कसरी सँयन्त्रहरु आवश्यक रहेको छ भन्ने बारेमा समेत छलफल गरिएको थियो ।
No comments:
Post a Comment