अन्र्तराष्ट्रिय युवा दिवस, अगस्ट १२ २०१५ को अवसरमा साताव्यापी कार्यक्रम अन्र्तगत आज तेस्रो दिन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय संगको सहजीकरणमा प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र–युवा नेत्तृत्व उपसमिति, जागृति बाल तथा युवा सरोकार नेपाल र परिवर्तनका लागि युवा नेपाल को संयुक्त आयोजनामा बृक्षरोपण तथा वातावरण मैत्री प्रवद्र्धनका लागि युवा विषयक अन्र्तक्रियात्मक कार्यक्रम प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको युवा कक्षमा सम्पन्न भएको छ ।
 |
| plantation by Hari pd Neupane, Bimala Adhikar and Raju Chapagai |
 |
| plantation by Khimananda Bhusal and Dipesh Khanal |
कार्यक्रमको सभाध्यक्ष युवा नेत्तृत्व उपसमितिको संयोजक हरि प्रसाद न्यौपाने, प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष विकास के.सी., विशेष अतिथि जिल्ला फुटबल संघका सदस्य दिपेश खनाल, विशेष अतिथि पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द भुसाल, उपाध्यक्ष बिमला अधिकारी र सचिव रुद्र प्रसाद चापागाई रहनु भएको थियो ।
 |
| Add caption |
उक्त कार्यक्रमको सञ्चालन प्रगतिनगर सामुदायिक पुस्तकालय, युवा नेत्तृत्व उपसमितिका उपसंयोजक दिपक न्यौपानेले गर्नुभएको थियो । यसैगरि कार्यक्रममा स्वागत मन्तव्य युवा नेत्तृत्व उपसमितिकै उपसंयोजक जमुना खरेल र कार्यक्रमको बारेमा परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईले प्रकाश पार्नुभएको थियो ।
अन्र्तराष्ट्रिय युवा दिवस, अगस्ट १२ को अवसर पारि देवचुली नगरपालिकाका युवाहरुलाई सहयोग र प्रोत्साहन गर्दै आउनु भएका जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष विकास के.सी. र जिल्ला फुटबल संघका सदस्य दिपेश खनाल ज्यूलाई मायाको चिनो र दोसल्लाबाट सम्मान गरिएको थियो भने यस देवचुली नगरपालिकामा रहेको किशोरी फुटबल खेलकुद समुहको सम्पूण खेलाडीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रम पश्चात् वातावरण मैत्री प्रवद्र्धनका लागि युवा विषयक अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन पनि गरियो । अन्र्तक्रियामा देवचुली नगरपालिकालाई वातावरण मैत्री बनाउन पुस्तकालय को माध्यमबाट सक्दो सहयोग गर्ने र त्यसको पहिलो कदम आफु र आफ्नो घरमा कम्तिमा दुई बिरुवा, बिरुवा लगाउने ठाउँ नभएमा कम्तिमा पाँच गमला राख्ने र फोहर फाल्ने ठाउँको निश्चित व्यवस्था गर्ने लगायत बोट बिरुवाको संरक्षण गर्ने
 |
| youth Discussion |
कुराहरु अन्र्तक्रियामा युवाहरुबाट आएको थियो ।
यसपछि पुस्तकालय परिसरमा अशोक बिरुवाको बृक्षरोपण गरियो र यसको संरक्षणको जिम्मा युवा पुस्तामा रहेको कुरा व्यक्त गर्दै आगामि दिनहरुमा पनि यहि सक्रियताको कामना साथ सभाध्यक्ष हरि प्रसाद न्यौपानेले अन्र्तराष्ट्रिय युवा दिवस, अगस्ट १२ २०१५ को अवसरमा साताव्यापी कार्यक्रम अन्र्तगत आज तेस्रो दिन को औपचारिक समारोहको समापन गर्नुभयो .
No comments:
Post a Comment