अन्र्तराष्ट्रिय युवा दिवस, २०१५ को अवसरमा
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय संगको सहजीकरणमा प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, युवा नेत्तृत्व उपसमिति, जागृति बाल तथा युवा सरोकार नेपाल र परिवर्तनका लागि युवा नेपाल को संयुक्त आयोजनामा विद्यालयलाई वातावरण मैत्री बनाउन बालबालिका र युवाको भुमिका विषयक अन्र्तक्रिया
तथा बृक्षरोपण कार्यक्रम आज मनकामना प्राथमिक विद्यालय, देवचुली न.पा. ९ मा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति, कोषाध्यक्ष विकास के.सी., जिल्ला खेलकुद विकास समिति पुर्व सदस्य एंव जिल्ला फुटबल संघ दिपेश खनाल सहित मनकामना सक्रिय बालक्लब का पदाधिकारीहरु, विद्यालय शिक्षक परिवार र आयोजक संस्थाहरुको प्रतिनिधीहरु सहित ३० जना को सहभागिता रहेको थियो । कार्यक्रममा दिपेश खनालले विद्यार्थीहरुका लागि टेबल टेनिस कोर्ट निर्माणका लागि सहयोग गर्ने र एक हप्ता भित्रमा कोर्ट निमार्ण हुने प्रतिबद्धता व्यक्त गनुभएको छ । उक्त कार्यक्रमको सञ्चालन प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, युवा नेत्तृत्व उपसमितिका उपसंयोजक दिपक न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको बारेमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले धारणा राख्नु भएको थियो । विद्यालयलाई वातावरण मैत्री बनाउन बालबालिका र युवाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम पश्चात् विद्यालयमा फुलबारी निर्माण, गोडमेल र सरसफाई कार्यक्रम समेत गरिएको कुरा परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईं ले बताउनु भएको छ ।






No comments:
Post a Comment