Invitation To All Library Lovers
8th Library Day Slogan
“पुस्तकलाई माया गरौं पुस्तकालयको विकास गरौं ”
" Love Books Develop Libraries"
Ani Sang Sangai Pustak padne bani ko Bikas Garau smile emoticon
Let's do the same as the slogan says.............
Please don't let the slogan remain just the slogan" Love Books Develop Libraries"
Ani Sang Sangai Pustak padne bani ko Bikas Garau smile emoticon
Let's do the same as the slogan says.............
भदौ १५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो। यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०० वर्ष भन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस आठौं वर्षमा प्रवेश गरेको छ। जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ।
यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ। पुस्तकालय ज्ञानको भण्डार पनि हो। पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौ। त्यसैले पनि यो दिवसको महत्व बढेको छ। पढाई मान्छेको जीबनमा एउटा यस्तो कुरा हो जसले जीबन परिबर्तन गर्न सहयोग गर्दछ। किताब बिनाको जीबन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुदैन। किताब बिनाको जीबनले ढुंगे युगको स्मरण गराउछ। आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस्, चाहे सास्कृतिक होस्, चाहे प्राबिधिक होस्, हरेक परिबर्तनमा पुस्तकको ठुलो हात छ। हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरुले पुस्तकको अनुहार पनि देखेका छैनन्। यो दिवसको लक्ष्य पनि हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो।
Invitation To All Library Lovers smile emoticon
"पुस्तकलाई माया गरौँ, पुस्तकालयको विकास गरौँ" मुल नाराका साथ आठौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र देवचुली न.पा ११ मा समुदायको विकास को लागि पुस्तकालयको भुमिका अन्तर क्रियात्मक कार्यक्रमको आयोजना गरिएकाले दिनको ठिक ३ बजे पुस्तकालय मा सहभागि भई कार्यकम मा आफ्नो सल्लाह सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
No comments:
Post a Comment