एसएलसी परिक्षा केन्द्रमा
सञ्चालित सहयोगी कक्ष
प्रभाबकारी बन्दै ।
सञ्चालित सहयोगी कक्ष
प्रभाबकारी बन्दै ।
चैत्र १८ गतेबाट सुरु भएको एसएलसी परिक्षामा सहभागि बिधार्थीहरुलाई आवश्यक पर्ने बिभिन्न सामाग्रीहरु र अन्य समस्याहरुलाई समाधान गर्नको लागि युवाहरुद्रारा सँचालित सहयोगी कक्ष प्रभावकारी बन्दै गएको छ ।
देबचुली नगरपालिकामा तिन ओटा परिक्षा केन्द्र सँचालनमा रहेका छन र यहाँ कुल ८४४ जना बिधार्थीहरुले परिक्षा दिदै छन् । यही परिक्षामा आउन सक्ने बिबिध समस्याहरुलाई समाधान गर्नको लागि देबचुली नगरस्तरिय खेलकुद बिकास समितीको सँयोजनमा र परिबर्तनका लागि युवा नेपाल , जागृति बाल तथा युवा सरोकार नेपाल र प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रका सह आयोजनामा यि ३ परिक्षा केन्द्रमा उक्त कार्यक्रम सँचालन गरिएको हो । यहाँ बिधार्थीहरुलाई आवश्यक पर्ने कलम,क्याल्कुलेटर,ज्यामीति बाकस र अन्य सामाग्रीको साथमा बिधार्थीहरुले प्रबेश पत्र घरमा अथवा कतै छुटेमा ल्याउनको लागि सँचालन गरिएको कुरा देबचुली नगरस्तरिय युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष बलराम सापकोटाले बताउनु भयो । अहिलेसम्म करिब ५०० जना बिधार्थीहरुले सामाग्रीको प्रयोग र १० जना बिधार्थीहरुको छुटेको प्रबेश पत्रलाई सम्बन्धित बिधालयसँग समन्वय गरेर ल्याएको कुरा परिबर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईले बताउनु भयो । यो कार्यक्रम देबचुली नगरपालिकाको आर्थिक सहयोगमा सँचालन भएको र सम्बन्धित परिक्षा केन्द्र र परिक्षा समितीसँगको समन्वयमा सञ्चालनमा ल्याइएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले बताउनुभयो । बिधार्थीहरुमा आउन सक्ने सामान्य समस्याहरु पनि समाधानको लागि परिक्षा केन्द्रमा युवाहरुले यस्तो कार्यक्रम सञ्चालन गरेको देख्दा बिधार्थीहरु,अभिभावकहरु र सम्बन्धित बिधालयका शिक्षकहरुले पनि खुसी ब्यक्त गरेका छन् । यो कार्यक्रम सम्बन्धित परिक्षा केन्द्रमा ५ जना युवा स्वयँसेबीहरु उपस्थित हुने र उनिहरुले के के सामान कसले कती लगे भनेर एउटा सामान्य इन्ट्री गरेर दिने कुरा प्रगतिनगर सामुदायिक पुस्ताकालय युवा नेतृत्व उपसमितीका उपसँयोजक दिपक न्यौपाने बताउनु भयो । यस्तो कार्यक्रम अत्यन्तै आवश्यक रहेको र त्यो पनि सचेत युवाहरुले सँचालन गरेको देख्दा परिक्षालाई मर्यादित र अर्थपुर्ण बनाएको कुरा बिधालय निरीक्षक रामचन्द्र ढुँगानाले बताउनु भयो ।

No comments:
Post a Comment