
Pragatinagar CLRC's Youth Leadership Committee Conduct a Education Support Distributions and Child Right Promotion for Earthquake Affected Children in kritipur and kumsot @ Nawalparasi



नवलपरासी जिल्लाको भूकम्प
प्रभावित क्षेत्र देवचुली नगरपालिकाको किर्तीपुर र कुमसोतमा रहेको श्री नेपाल राष्ट्रिय शारदा प्रा वि र सरस्वती प्रा वि का
विद्यार्थीलाई झोलासहित शैक्षिक बितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार
नेपालको सयोजनमा सिविन नेपाल र को आर्थिक सहयोगमा परिवर्तनको लागि युवा नेपाल,
प्रगतिनगर सामुदायिक पुस्तकालय युवा नेतृत्व उप समिति र
जागृति बाल क्लब नेपालको सह आयोजनामा सम्पन्न क्रार्यक्रमको अध्यक्षता जागृति बाल
तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोतम पौडेलले गर्नु भएको थियो । क्रार्यक्रमको प्रमुख अथिति जागृति बाल तथा युवा सरोकार
नेपालका पुर्व अध्यक्ष तथा हालका संरक्षक होमनाथ जैसी विशेष अतिथि जिल्ला खेलकुद
विकाश समितिका कोषाध्यक्ष विकाश के सी, नेकपा एमाले नगर प्रतिनिधि तिलप्रसाद
काफ्ले, परिवर्तनका लागि युवा नेपालका बरिष्ठ उपाध्यक्ष रमेशराज
भण्डारी, देवचुली नगर बाल सञ्जालका अध्यक्ष
अर्मान मिया रहनु भएको थियो । क्रार्यक्रममा प्रगतिनगर सामुदायिक पुस्तकालयकी
उपाध्यक्ष बिमला अधिकारी, परिवर्तनका लागि युवा नेपालका सचिव बिजय
कुमार सारु, जागृति बाल तथा युवा सरोकार नेपालका
महासचिव दिपक शर्मा, प्रगतिनगर सामुदायिक
पुस्तकालय युवा नेतृत्व उप समितिको उप संयोजक दिपक न्यौपाने र जमुना खरेल ,
जागृति बाल क्लवकी सचिव योगिता भुसाल,परिवर्तनका लागि युवा नेपालका सदस्य टिकाराम राना ,
दुर्गा बिर्कट्टा, प्रदिप कुमार बराल
अतिथिको रुपमा रहनु भएको थियो। क्रार्यक्रममा नेपाल राष्ट्रिय शारदा प्रा वि
किर्तीपुरका १७१ विद्यार्थी र सरस्वती प्रा वि कुमसोतका ६१ विद्यार्थीलाई प्रमुख
अतिथिबाट झोला र अध्यक्षबाट शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो। उक्त
क्रार्यक्रमको सन्चालन परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईले
गर्नुभएको थियो भने स्वागत मन्तव्य दिपक न्यौपानेले गर्नुभएको थियो ।






No comments:
Post a Comment