स्थानिय पर्यटन प्रचारप्रसार तथा सरसफाई क्रार्यक्रम सम्पन्न
परिवर्तनका लागि युवा नेपालको आयोजना साथै जागृति बाल तथा युवा सरोकार नेपाल र प्रगतिनगर सामुदायिक पुस्तकालय युवा नेतृत्व उप समितिको सह आयोजनामा नवलपरासी जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको रमणीय पर्यटकिय स्थल देवचुली पहाडमा स्थानीय पर्यटन क्षेत्रको विकाश र पर्वद्धनका लागि प्रचारप्रसार तथा सरसफाई अभियान अन्तर्गत आज पहिलो क्रार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्रोत र साधनको प्रयोगबाट फोहोर फाल्नको लागि ४ वटा खाल्डो निर्माण गरि त्यहाँ रहेका फोहोरहरुलाई संकलन गरीएको छ ।
क्रार्यक्रममा परिवर्तनका लागि युवा नेपालका अध्यक्ष तथा प्रगतिनगर सामुदायिक पुस्तकालय युवा नेतृत्व उप समितिको सदस्य राजु चापागाईले क्रार्यक्रमका बारेमा बताउदै स्थानीय स्तरमा फोहोरमैला व्यवस्थापन, पर्यटन क्षेत्रको खोज तथा अनुसन्धानका साथै प्रचारप्रसारमा युवाहरुले गरे के हुन्न भन्ने कुरा बताउनुभएको थियो । उक्त क्रार्यक्रममा देवचुली पर्यटकिय स्थलमा घुमफिरका लागि आएका आन्तरिक पर्यटकहरुलाई फोहोरमैला जम्मा गर्न अनुरोध गरिएको थियो ।


No comments:
Post a Comment