Tuesday, November 3, 2015

युवा कविता

युवा कविता

Jamuna Kharel


कहाँ छौ साथी को हौ तिमी आफैंलाई चिन

गन्तव्यहिन पाइलाहरु चालेर नहिन

तिम्रा त छन् दुई हातपाउ, सोच्ने शक्ति तिव्र

काम नलाग्ने कोछ ? एकदिन ढुङ्गाको नि आउँछ अरे दिन ।।




तिम्र्रै मार्गदर्शन अनि प्रोत्साहन पाए अरु

तिम्रै अनुसरण गर्नेछन् ति बालक वृद्धहरु


आफ्नो दायित्व विर्षिएर लर्बराउनु भन्दा


एकता मै ठूलो बल छ, हातमा हात देऊ बरु ।।।




जाग हरेक युवा जाग, व्युँझाउदै अरुलाई


तिम्रै हरपल आवश्यकता समाज र देशलाई

आफ्नो धर्म आफ्नो कर्म मनमा राख सधैँ

तिमी नै हौ युवा, बिना बर्दीका सिपाही ।।।।



No comments:

Post a Comment